• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक

योजनाबद्ध रुपमा सनातन धर्म संस्कृती मास्न खोजियो : कमल थापा



भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतीलाई योजनाबद्ध रुपमा कमजोर बनाउन र मास्न खोजिएकोले अब सबै जागेर परम्परा र पहिचानको संरक्षणको निमित्त जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले योजनाबद्ध र संगठित रुपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिबर्तन गरिएकोमा तिब्र आक्रोश पोखे । ‘किराँत धर्म अल्पमतमा परेको छ, अब बिस्तारै बुद्ध धर्म मान्नेहरु अल्पमतमा पर्ने छन् ,यो सामान्य बिषय होइन’ थापाले भने ।

थापाले यहि रफ्तारमा धर्म परिबर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरबशाली संस्कृति र पहिचान नष्ट हुने तर्फ चिन्ता ब्यक्त गर्दै चुप लागेर बसेमा हामी दिनप्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिबाद गर्नुपर्ने आबश्यकतामा जोड दिए । ‘हाम्रो कुनै धर्म प्रती बैमनश्यता ,घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रुपमा भैरहेको धर्म परिबर्तन प्रती हाम्रो आपत्ती छ ‘ थापाले भने ।

अहिले कमजोर रुपमा ओझेलमा परेको जस्तो देखिए पनि राप्रपा नेपाललाई आगामी दिनमा बलियो पार्टी बनायरै छाड्ने थापाको दृढता थियो । कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ , राजाराम बर्तौला बागमती प्रदेश अध्यक्ष माधब खत्री ,भक्तपुर जिल्ला अध्यक्ष श्याम प्रसाद नेपाल लगायतले राप्रपा नेपाललाई उठाउने र अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तरगत भक्तपुरको ३८ वडामा फागुन महिना भित्र पार्टीका वडा कमिटी गठन पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ ।