१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

योजनाबद्ध रुपमा सनातन धर्म संस्कृती मास्न खोजियो : कमल थापा

योजनाबद्ध रुपमा सनातन धर्म संस्कृती मास्न खोजियो : कमल थापा
अ अ+ अ-

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतीलाई योजनाबद्ध रुपमा कमजोर बनाउन र मास्न खोजिएकोले अब सबै जागेर परम्परा र पहिचानको संरक्षणको निमित्त जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले योजनाबद्ध र संगठित रुपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिबर्तन गरिएकोमा तिब्र आक्रोश पोखे । ‘किराँत धर्म अल्पमतमा परेको छ, अब बिस्तारै बुद्ध धर्म मान्नेहरु अल्पमतमा पर्ने छन् ,यो सामान्य बिषय होइन’ थापाले भने ।

थापाले यहि रफ्तारमा धर्म परिबर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरबशाली संस्कृति र पहिचान नष्ट हुने तर्फ चिन्ता ब्यक्त गर्दै चुप लागेर बसेमा हामी दिनप्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिबाद गर्नुपर्ने आबश्यकतामा जोड दिए । ‘हाम्रो कुनै धर्म प्रती बैमनश्यता ,घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रुपमा भैरहेको धर्म परिबर्तन प्रती हाम्रो आपत्ती छ ‘ थापाले भने ।

अहिले कमजोर रुपमा ओझेलमा परेको जस्तो देखिए पनि राप्रपा नेपाललाई आगामी दिनमा बलियो पार्टी बनायरै छाड्ने थापाको दृढता थियो । कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ , राजाराम बर्तौला बागमती प्रदेश अध्यक्ष माधब खत्री ,भक्तपुर जिल्ला अध्यक्ष श्याम प्रसाद नेपाल लगायतले राप्रपा नेपाललाई उठाउने र अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तरगत भक्तपुरको ३८ वडामा फागुन महिना भित्र पार्टीका वडा कमिटी गठन पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ ।