१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाल कम्युनिष्ट पार्टी अब जनतामा गएर जनताको नेतृत्व गर्छः विप्लव

नेपाल कम्युनिष्ट पार्टी अब जनतामा गएर जनताको नेतृत्व गर्छः विप्लव
file
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले विदेशीहरुको निर्देशनमा नेपालका अर्थतन्त्रहरु निर्माण हुने गरेको दाबी गर्नुभएको हो । उहाँले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको बताउनु भयो । महासचिव चन्दले नव उदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरु आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताउनु भयो । उहाँले थोरै मानिसहरुले अर्थतन्त्र अधिनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको बताउनु भयो । महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवाद भित्र लैजानका लागि रुपान्तरण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ । बैंकहरुमा जम्मा दुई, तीन सय परिवारको स्वामित्व रहेको छ । नेपालको अर्थतन्त्रको हिसाव गर्दा २ सय परिवारको हातमा नेपालको आधा सम्पती केन्द्रित हुँदैछ । ९० प्रतिशत जनताहरु किसानहरु गरिबीको मारमा धकेलिरहेका छन् । लाखौंलाख युवाहरुको शक्ति विदेश लखेटिने वा पलायन हुने बेचिने अवस्थातिर गइरहेको छ । यो आर्थिक संकट मात्रै होइन, राजनीतिक संकट कारण पनि हो ।

संसदीय चुनावहरु एकदमै फितला र कमजोर चुनावहरु भए । त्यहाँ नयाँ विकल्पको खोजिमा जनताहरु हिँडे । जनतालाई रुपान्तरण, परिवर्तनको चाहना छ । नेपाल स्वाधिन भएको जनताहरु हेर्न चाहन्छन् । नेपाललाई समृद्ध बनाउने जनताको चाहना छ । आफ्नो आर्थिक जीवनमा परिवर्तन गर्ने जनताको चाहना छ ।

चुनावमा नयाँ दलहरु उदाएका छन्, यो एउटा सकारात्मक कुरा पनि हो । तर जनतालाई यो थाहा हुनुपर्छ की नेपालमा समस्या केवल पार्टीहरुको कुरा मात्रै होइन, नेताहरुको कुरा मात्रै होइन, यहाँको आर्थिक सम्बन्ध, दलाल पुँजीपति वर्गको आर्थिक सम्बन्ध नेपालको समस्या हो । उत्पादन र उत्पादकत्व घट्दै जाने परनिर्भरता बढ्दै जाने, थोरै मानिसहरुले अर्थतन्त्र अधिनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको देखिने तर अर्थतन्त्र संकटमा जाने यसको सबै कारण भनेको नेपालको अर्थतन्त्र दलाल पुँजीवादी सत्ता हो । नेपाललाई नयाँ व्यवस्था, वैज्ञानिक समाजवाद भित्र लैजानका लागि रुपान्तरण गर्न आवश्यक छ । जनताले एक दिन यो व्यवस्थालाई रुपान्तरण र परिवर्तन गर्नेतिर सोच्नेछन् ।

यदि नेपाललाई साँच्चै नै सही अर्थको आत्मनिर्भरतिर लैजाने हो भने, नेपाललाई स्वाधिन बनाउने हो भने यो दलाल पुँजीवादी, विदेशीहरुले इसारा गरेको भरमा सरकार ढल्ने र बन्ने, विदेशीहरुको निर्देशनमा यहाँका अर्थतन्त्रहरु निर्माण गरिने, नव उदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य नयाँ पिढीले सोच्नेछ ।

आर्थिक संकट के कारणले पैदा भइरहेको छ, हामी सुन्दैछौँ, नेपालमा विभिन्न खालका समुदाय, वर्गहरु आर्थिक उत्पीडनबाट आक्रान्त बनेका छन् । तराईमा मिटरब्याज, पहाडमा लघुवित्तको नाममा उठिवास भएको छ । केही उक्सिनको लागि ऋण लिने किसानहरुलाई फासी लाग्न बाध्य बनउने, जल्न बाध्य बनाउने स्थिति नेपालमा छ । केही गर्छु भन्ने र मध्यम वर्गीय खालका उद्योग व्यवसायीहरु जल्नुपर्ने, आत्मदाह गर्नुपर्ने परिस्थिति छ । राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति छ ।’

महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिनेगरी अघि बढ्ने बताउनु भयो । उहाँले नेपाली जनताले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आगामी दिनमा जनतामा जाने र जनताको नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीलाई जनआधारित पार्टी बनउनुपर्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई कसरी एकतावद्ध गरी परिवर्तनको संवाहकका रुपमा पार्टीलाई उभ्याउने बताउनु भयो । उहाँले विचार मिल्ने र मुद्दा मिलने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य हुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो पार्टीले देशको जिम्मा लिनेगरी सोच्नुपर्छ । नेपाली जनताले जे सपना जे चाहना राख्छन्, त्यसको नेतृत्व हामीले गर्नुपर्छ । पार्टी जनतामा जानुपर्छ, जनताको नेतृत्व गर्नुपर्छ । जन आधारित पार्टी निर्माण गर्नुपर्छ । जन आधारित नेता र कार्यकर्ताहरु बनाउनुपर्छ । कम्युनिष्ट आन्दोलनलाई कसरी एकतावद्ध गर्ने, कसरी रुपान्तरण र परिवर्तनको पक्षमा लिएर जाने ? त्यो विषयमा पनि हामीले छलफल गरेका छौँ । हाम्रो निस्कर्ष विचार मिल्ने साथीहरुसँग, पार्टीहरुसँग हामी एकता गर्नुपर्छ, मुद्दा मिलने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्नुपर्छ । यही व्यवस्थाभित्र घुमेर होइन, यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ ।’

महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल काँग्रेसले कुुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको बताउनु भयो ।