• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

डिल्लीराम खनालविरुद्ध अभिनेत्री करिश्माले दिइन् साइबर ब्युरोमा उजुरी



काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी छन् ।

उनले डिल्लीराम खनाल नामका एक व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोपसहित उजुरी दिएकी हुन् ।

‘कुनै आधार र प्रमाणबिना मलाई विभिन्न लाञ्छना लगाइन्छ भने म त्यो सहेर बस्न सक्दिन, जुन युट्युबले प्रसारण गर्‍यो त्यसलाई भन्दा पनि बोल्नेलाई उजुरी हालेकी छु ।’ अभिनेत्री करिश्माले भनिन् ।

यस्तै, युट्युबप्रति प्रेस काउन्सिलमार्फत समन्वय गर्ने समेत जनाउँदै उनले आफ्नो उजुरी साइबर ब्युरोका प्रहरीले सकारात्मक लिएकोले डिल्लीरामलाई कारबाही हुनेमा आफू आशावादी रहेको बताइन् ।