१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कर्णाली सरकारको प्रवक्तामा कानुनमन्त्री जिसी

कर्णाली सरकारको प्रवक्तामा कानुनमन्त्री जिसी
अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु आव २०७९÷८० असार मसान्तभित्र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय तथा मातहतमा रहने संरचना र दरबन्दीको निक्र्यौल गर्ने निर्णय गरेको प्रवक्ता जिसीले जानकारी दिनुभयो ।

त्यस्तै, एकीकृत मन्त्रालयको नाम चालु आव २०७९/०८० असार मसान्तसम्म साविकको दिएको अख्तियारी अनुसार नै बजेट तथा कार्यक्रम कार्यान्वयन तथा हाल कार्यरत प्रदेश सचिव ९भौतिक पूर्वाधार र जलस्रोत तथा ऊर्जातर्फ०ले साविकको कार्य जिम्मेवारी अनुसारकै कार्य क्षेत्रमा कामकाज र एकको अनुपस्थितिमा अर्कोले कार्य सम्पादन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको प्रस्तावमा एकीकृत बस्ती विकास नियमावली २०७९ स्वीकृत गरेको उक्त मन्त्रिपरिषद्को बैठकले २०७९ फागुनदेखि प्रत्येक महिनाको दोस्रो र चौँथो हप्ताको बुधबार बैठक बस्ने निर्णय गरेको छ ।

प्रवक्ता जिसीका अनुसार उक्त बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेशभर प्रदेश तथा स्थानीय तहका कार्यालयका लागि मात्र विसं २०७९ फागुन १ गते सोमबार जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने र सोको सूचना प्रदेश राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।