१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एमालेले छट्टु काम गरेकै हो, हामी झुक्कियौँ: गगन थापा

एमालेले छट्टु काम गरेकै हो, हामी झुक्कियौँ: गगन थापा
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दलीय गठबन्धन टुटाउन नेकपा (एमाले) ले छट्टु काम गरेको टिप्पणी गर्नुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले पुस १० गते एमालेले कांग्रेसलाई सरकार गठनका लागि ३ बजे तयार भएर बस्नु हस्ताक्षर लिएर आउछौँ भनेको तर पछि छट्टु काम गरेर गठबन्धन टुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी १ बजेपछि एमाले आउँछ भनेर दंग परेर बस्यौँ। माओवादी साथीहरुलाई पनि एमालेले कांग्रेस छाडेर आउनुस् दिन्छौँ भनेकै हो । उहाँहरु ढुक्क भएर जानुभयो । एमालेले त्यो दिन छट्टु काम गरेकै हो । हामी झुक्कियौँ ।”

महामन्त्री थापाले पाँच दलीय गठबन्धन टुटेकोप्रति जनतासँग माफी माग्नुपर्ने बताउनुभयो । लाखौँ जनतालाई गठबन्धनको भारी बोलाएर अहिले जोगाउन नसकेपछि हामीले आत्मालोचना गरेर जनतासँग क्षमा माग्नुपर्छ भन्दै उहाँले भन्नुभयो, “हामीले हाम्रो निर्णय गलत थियो भन्नुपर्छ ।”

चुनावमा गठबन्धन गरेर जनताको मत हाल्ने अधिकारलाई समेत सीमित गरेको भन्दै उहाँले अहिले चुनावअघिको गठबन्धन जोगाउन नसकेको विषयमा पार्टीमा आरोपप्रत्यारोप चलेको उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको भन्दै एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गर्नुभयो ।

एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ भन्दै उहाँले भन्नुभयो, “त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।”

बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले नेपाली कांग्रेस एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउन लाग्ने उल्लेख गर्दै कांग्रेसले आफ्नै उम्मेदवारका लागि भोट माग्ने बताउनुभयो ।