१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता सलमान खान वैशाखमा नेपाल आउने



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। उनी आगामी वैशाख ३ गते काठमाडौंमा हुने कार्यक्रममा सामेल हुन नेपाल आउन लागेका हुन्। 

ओडीसी इन्टरटेनमेन्टले खानसँगे बलिउडका कलाकार सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पल, आयुष शर्मालगायतलाई नेपाल ल्याउन लागेको हो।

सलमान २०७४ मै नेपाल आउने कार्यक्रम थियो। उक्त वर्ष फागुन २६ गते काठमाडौंमा सलमानसँगै भारतीय कलाकारहरुलाई लिएर दबंग रिलोडेड नामक कार्यक्रम आयोजना हुने घोषणा भएको थियो। तर, कार्यक्रमलाई लिएर विवाद भएपछि उक्त कार्यक्रम स्थगित भएको थियो। 

दशरथ रंगशालामा हुने कार्यक्रमका लागि तयारी समेत थालिएको आयोजकले जनाएको छ।