४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.07

Wind: 1.03

Humidity: 58

Latest
पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न: ३२ विधामा अवार्ड प्रदान एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान ५२ लाख पुरस्कारको १७औं धर्मश्रीको तयारी पूरा क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट आगामी बजेटमा करका दर भन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ: सभापति देउवा अफगानिस्तानमा जुनसम्ममा ८० प्रतिशत सेवाहरू बन्द हुने डब्लुएचओको चेतावनी बाइडेनले आफ्ना विपक्षीलाई दिएको माफी रद्द गर्ने ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– राजनीतिक संयन्त्र बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ ।

ओलीलाई भेट्न बुधबार बिहानै बालकोट पुग्नुभएको प्रधानमन्त्री प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको बताउनुभएको छ । ‘उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीतिक माहोल तातेको छ ।

संसद्को ठूलो दल कांग्रेसले समेत राष्ट्रपतिमा आकांक्षा राखेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएको एमालेले राष्ट्रपति आफ्नो भागवण्डामा परेको सहमति भएको एमाले नेताहरू बताउँदै आएका छन् ।

यता, राष्ट्रपतिमा कांग्रेसले पनि दाबी राख्दै आएपछि प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएको हो कि भन्ने आशंका एमालेमा पैदा भएको छ । तसर्थ दुई शीर्ष नेताबीच भेटघाट बाक्लिँदो छ । यसअघि हिजो मंगलबार पनि बालुवाटारमा राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भएको थियो ।