२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा



अ+ अ-

काठमाडौँ । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ ।

सम्मेलन आयोजक कमिटीको मंगलबार बसेको तयारी बैठकमा उक्त समयमा सम्मेलन गर्ने र सम्मेलनको व्यवस्थापन बागमती प्रदेश कमिटीले गर्ने निर्णय गरिएको छ ।

नेकपा (एमाले)का स्थायी समिति सदस्य सीता पौडेलले राज्यको प्रत्येक निकायमा महिला सहभागिता वृद्धि गर्नका लागि महिला एकताबद्ध भएर सक्रिय रहनुपर्ने बताइन् । उनले सङ्गठनको ऐतिहासिक भूमिका र यसवाट प्राप्त उपलब्धिको रक्षा गर्न महिला राजनीतिकरुपमा अगाडि बढेको र अझ बढी क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिइन् ।

बैठकमा नेतृहरुले वडादेखि राष्ट्र प्रमुखसम्म नेतृत्व गरिरहेको र संसदीय फाँटमा समेत एक तिहाइ महिलाको प्रतिनिधित्व भएको उल्लेख गर्दै आमाको नाममा नागरिकता, हरेक क्षेत्रमा कम्तीमा एकतिहाइ महिलाको प्रतिनिधित्वलगायत अधिकार प्राप्त भइरहेका कुरा उठेको थियो ।

सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनबाट महिलाको नेतृत्व विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न १९ उपसमिति गठन गरिएका छन् ।