• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: १९ मध्ये दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर ★   पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र ★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो

चिकित्सक सङ्घमा डा कार्की निर्वाचित



काठमाडौँ । नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिए ।

उनका निकटत प्रतिद्वन्द्वी डा सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरे भने अर्का अध्यक्षका प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाए ।

मधेस प्रदेश उपाध्यक्षमा डा नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा प्रशान्त भट्ट निर्वाचित भएका छन् ।

यही माघ २२ गतेदेखि भएको मतगणना मंलबार सकिएको हो । यसअघि वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, प्रदेश नं १ उपाध्यक्षमा डा विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका थिए ।

महासचिवमा डा सञ्जिव तिवारी निर्वाचित भएका छन् । सङ्घको सदस्यमा डा अमृत रञ्जन मिश्र, डा किशोर कार्की, डा स्मृति महत, डा सिर्जना विष्ट, डा तेङ्सुसिंह मल्ल र डा योभिन यादव निर्वाचित भएका छन् ।

कोषाध्यक्ष डा प्रमोद जोशी, सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन पनि निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनमा कूल १२ हजार आठ सय ३४ मध्ये छ हजार दुई सय ९२ मत खसेको छ ।

सङ्घको नयाँ नेतृत्वमा लागि गत माघ ६ गते र ७ गते उपत्यका बाहिरका र उपत्यकामा तीन दिन माघ १९, २० र २१ गते उपत्यकामा निर्वाचन भएको थियो । रासस