१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ: डा कोइराला

चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ: डा कोइराला
file
अ अ+ अ-

चितवन ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै उहाँले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताउनुभएको हो ।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ । कोइरालाले भन्नुभयो, “तपाइँ मतदाताहरुले फेरि दुःख पाउनु प¥यो । ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाइँहरू लाग्नुस् ।”

उहाँले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताउनुभयो । नेता कोइराला भन्नुभयो, “सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ ।” प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताउनुभयो । प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उहाँको भनाइ थियो । अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा कांग्रेसमा छलफल भइरहेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेसजगत्माथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सङ्गठन बनाउनुभन्दा गुट बनाउन लागेका कारण कांग्रेस कमजोर बनेको बताउनुभयो । सदस्य भटृराईले भन्नुभयो, “गुट निर्माणमा होइन सङ्गठन निर्माणमा लागाँै ।”

अर्का केन्द्रीय सदस्य डा गोविन्द पोख्रेलले कमजोरी दबाउने काममा प्रेसजगत् लाग्न नहुने बताउनुभयो । अहिले देशमा देखिएको समस्या समाधानका लागि पत्रकारहरु एक भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकप्रियताको नाममा लोकतन्त्र सिध्याउने खेल सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र सिध्याउने खेलको विरुद्ध कलम चलाउन जरुरी छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले कुण्ठा पोख्ने नाममा पत्रकारजगत्माथि आक्रमण बढेको बताउनुभयो । यस्ता घटनाको निन्दा गर्दै उहाँले त्यस्ता क्रियाकलापप्रति सजग रहन पत्रकारहरुलाई आग्रह गर्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको न्यायका लागि सबै एक भएर लाग्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोख्रेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, नेपाल प्रेस युनियनका संस्थापक शोभाकर पराजुली, नेपाली कांग्रेस चितवन सभापति राजेश्वर खनाल, प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारी, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्य, दामोदर दवाडी, सामुदायिक रेडियो प्रकाशक सङ्घका महासचिव किशोरजङ्ग थापा थापा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले बोल्नुभएको थियो । अधिवेशनमा उपत्यका बाहेकका १० जिल्लाका प्रतिनिधि सहभागी छन् । अधिवेशनले आजै प्रदेशको नेतृत्व चयन गर्ने प्रेस युनियन चितवन शाखाका सचिव प्रस्ताव सुवेदीले बताउनुभयो । रासस