• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको… ★   काकाकुल अँधेरीगाउँ ★   विश्वको सबैभन्दा लामो रेल, एक कुनाबाट अर्को ठाउँमा पुग्न घण्टौं लाग्ने ★   म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण ★   गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेशी ★   बुकीमै बसेर यार्सागुम्बाको खोजी ★   विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि… ★   अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द ★   वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा ★   सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

युएसएआइडी प्रमुख सामन्था जर्सीसहित बास्केटबल कोर्टमा



काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले सानोठिमीस्थित आदर्श मावि पुगेर त्यहाँका छात्राहरुसँग बास्केटबल खेल्नुभएको छ ।

जर्सी लगाएर केहीबेर बास्केटबल खेल्नुभएकी पावरले विद्यार्थीहरुबाट उनीहरुको भविष्यका योजना र लक्ष्यहरुबारे प्रत्यक्षरुपमा सुन्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार २०७२ सालको भूकम्पमा ध्वस्त भएको उक्त विद्यालय पुनर्निर्माण गर्न र त्यहाँ पढ्न सक्ने विद्यार्थीहरूको सङ्ख्या दोब्बर बनाउन युएसएआइडीले स्थानीय समुदायसँग साझेदारी गरेको थियो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ आजै नेपाल आइपुग्नुभएको हो । उहाँ अमेरिकाको क्याबिनेटस्तरकी उच्च अधिकारी हुनुहुन्छ ।

नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, नागरिक समाजका व्यक्तित्व, सामुदायिक समूहहरु र व्यवसायहीहरुसँग भेट गर्ने कार्यक्रम छ ।