२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएसएआइडी प्रमुख सामन्था जर्सीसहित बास्केटबल कोर्टमा



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले सानोठिमीस्थित आदर्श मावि पुगेर त्यहाँका छात्राहरुसँग बास्केटबल खेल्नुभएको छ ।

जर्सी लगाएर केहीबेर बास्केटबल खेल्नुभएकी पावरले विद्यार्थीहरुबाट उनीहरुको भविष्यका योजना र लक्ष्यहरुबारे प्रत्यक्षरुपमा सुन्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार २०७२ सालको भूकम्पमा ध्वस्त भएको उक्त विद्यालय पुनर्निर्माण गर्न र त्यहाँ पढ्न सक्ने विद्यार्थीहरूको सङ्ख्या दोब्बर बनाउन युएसएआइडीले स्थानीय समुदायसँग साझेदारी गरेको थियो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ आजै नेपाल आइपुग्नुभएको हो । उहाँ अमेरिकाको क्याबिनेटस्तरकी उच्च अधिकारी हुनुहुन्छ ।

नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, नागरिक समाजका व्यक्तित्व, सामुदायिक समूहहरु र व्यवसायहीहरुसँग भेट गर्ने कार्यक्रम छ ।