२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्की भूकम्पको भविष्यवाणी गरिएको थियो, डच वैज्ञानिकले दिएका थिए चेतावनी



अ+ अ-

एजेन्सी । टर्कीलगायत चार देश (लेबनान, सिरिया र इजरायल) मा सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पुनः भूकम्प गयो । यसको तीव्रता ७.६ थियो । भूकम्पका कारण चार देशमा ४ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा धेरै क्षति टर्कीमा भएको छ ।

विश्वका धेरै देशले टर्कीलाई जतिसक्दो चाँडो राहत पठाउने आश्वासन दिएका छन् ।

यसैबीच, फेब्रुअरी ३ मा डच वैज्ञानिक फ्रान्क होगरबिट्सले गरेको ट्वीट भाइरल भइरहेको छ । यसमा उनले लेखेका छन् – ‘दक्षिण मध्य टर्की, जोर्डन, सिरिया र लेबनानमा ७.५ म्याग्निच्युडको भूकम्प आउन सक्छ ।’

फ्रान्क होगरबिट्स मूल रूपमा नेदरल्याण्डका हुन् । उनी सौर्य प्रणाली जियोमेट्री सर्वेक्षण (एसएसजीइओएस) नामक भूवैज्ञानिक संस्थानका वरिष्ठ अनुसन्धानकर्ता हुन् । एसएसजीइओएसले जमीन भित्रको हलचलमा विशेष अनुसन्धान गर्छ । जसका कारण भूकम्प, सुनामीजस्ता प्राकृतिक प्रकोपहरु आउने गरेका छन् ।

फ्रान्कले गत फेब्रुअरी ३ मा गरेको र अहिले भाइरल भइरहेको ट्विटमा यी वैज्ञानिकले भनेका थिए– आज होइन भोलि, तर छिट्टै यस क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प आउनेछ । यसले दक्षिण–मध्य टर्की, जोर्डन, सिरिया र लेबनानलाई असर गर्नेछ ।’

सोमबार फ्रान्कको ट्विट भाइरल भएपछि सोही क्षेत्रसँग सम्बन्धित अर्का वैज्ञानिकले भने– यी वैज्ञानिक अर्थात् फ्रान्क होगरबिट्सले चन्द्रमा र ग्रहको आधारमा भविष्यवाणी गर्छन् । धेरै पटक उनको भविष्यवाणी गलत पनि साबित भएको छ । तर, यो पक्कै पनि सत्य हो कि सोमबार टर्की–सिरिया सीमामा गएको भूकम्पमा फ्रान्कको भनाइ पूर्ण रूपमा सही साबित भयो ।’