२४ भाद्र २०८३, बुधबार
,
Latest
चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द



अ+ अ-

एजेन्सी । एन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिङ्गापुरलगाएतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको रिसोर्ट टापु बाली जाने उडानहरू रद्द गरेका छन् ।

ज्वालामुखीले विमानस्थल नजिकैको आकाशको केही किलोमिटर टाढादेखि खरानीले टावरलाई ढाकेपछि उडानहरु रद्द गरिएको एयरलाइन्सहरूले जनाएका छन् ।

अष्ट्रेलियाको जेटस्टार, क्वान्टास र भर्जिन अष्ट्रेलियाले फ्लोरेस टापुको माउन्ट लेवोटोबी लाकी–लाकीले एक दिन अघि सबै उडानहरू रद्द गरेका थिए ।

मलेसिया एयरलाइन्स, एयरएशिया, भारतीय इन्डिगो र सिङ्गापुरको स्कुट एयरलाइन्सले पनि बुधबार उडानहरू रद्द गरेको एएफपीलाई प्राप्त सूचनामा उल्लेख छ ।

हवाई मार्गको वरपर ज्वालामुखीको खरानी फैलिएका कारण विमानको सुरक्षित सञ्चालनमा खतरा खडा भएपछि उडान रद्द गर्ने घोषणा एयर एशियाले जनाएको छ ।

हालैका हप्ताहरूमा एक हजार ७०३ मिटरको उचाइबाट ज्वालामुखी विस्फोट हुँदा नौ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएको तथा ११ हजारभन्दा बढी प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको इन्डोनेसियाको प्रकोप न्युनिकरण निकायले जनाएको छ ।

विष्फोटपछि उडेको खरानी र धुलोले विमानको शिशा र हवाई मार्गलाई छेक्ने र विमान उडानका लागि आवश्यक भिजिविलिटी कम हुने जोखिम रहने र धुलाले इन्जिनहरूलाई क्षतिसमेत पुर्याउन सक्ने जनाइएको छ ।

यसैगरी, हङकङको क्याथे प्यासिफिक एयरलायन्सले पनि बिहीबारसम्म बाली जाने र त्यहाँबाट फिर्ता हुने उडानहरू रद्द गरिएको जनाएको छ ।

इन्डोनेसियामा ज्वालामुखीको प्रभावका कारण अस्ट्रेलियाले हालको उडान तालिकामा केही परिवर्तन गरेको तथा सिड्नी र मेलबर्नका लागि तय गरिएका उडानहरू रद्द गरिएको जनाएको छ ।

जेटस्टारले बाली जाने सबै उडानहरू बिहीबार दिउँसोसम्म रोकिने बताएको छ । इन्डोनेसियामा माउन्ट लेवोटोबीमा ज्वालामुखी विस्फोटका कारण कारण उडानहरू सुरक्षित नभएकाले उडान बन्द गरेको जेटस्टार कम्पनीले जनाएको छ ।
लेवोटोबीबाट आएको ज्वालामुखीको खरानीका कारण बालीको डेनपासर विमानस्थल जाने उडानहरू अवरुद्ध भएको क्वान्टासले पनि जनाएको छ ।

मलेसिया एयरलाइन्सले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधबार छ वटा उडानहरू रद्द गरेको जनाएको छ । एयरलाइन्सले ज्वालामुखीको अवस्थाको निगरानी गरी उडानहरू अद्यावधिक गराउने जनाएको छ ।

बालीको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक अहमद स्योगी साहाबले विस्पोटका कारण मङ्लबार १२ वटा आन्तरिक तथा २२ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनु भएको छ ।

यसैबीच, बालीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शाखाले बुधबार आफ्नो हवाई क्षेत्रमा परीक्षण गर्दा ज्वालामुखीको हानीकारक खरानी फेला नपरेको उल्लेख गर्दै विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ ।