• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

‘ए’ डिभिजन लिग मुख्य प्रायोजकविहिन: टिकेटिङ, मार्केटिङ र ब्रोडकाष्टिङमा परेन टेन्डर



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको टिकेटिङ अधिकार, कमर्सियल र मार्केटिङ अधिकार खरिदका लागि आह्वान गरेको टेन्डरमा कसैले प्रस्ताव नगरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

लिगको टिकट र मार्केटिङ अधिकारमा कुनैपनि कम्पनीले दाबी पेश नगरेपछि एन्फाले पुन सात दिने सुचना जारी गर्ने तयारी गरेको बताईएको छ ।

यस्तै, एन्फाले आह्वान गरेको ’ए’ ’बी’ र ’सी’ लिगको ब्रोडकाष्टिङ अधिकारका लागि समेत कुनैपनि कम्पनीले इच्छा नदेखाएको बताएको छ।

एन्फाले फेब्रअरी ६ सोमबारसम्मको मिति राखेर टेन्डर आह्वान गरेको थियो । तर, कुनैपनि कम्पनीले दाबी पेश नगरेपछि एन्फाले पुनः टिकेटिङ, मार्केटिङ र ब्रोडकाष्टिङकै टेन्डर अवधि ७ दिन थपेको हो ।

निर्धारित मितिसम्म कुनैपनि कम्पनीबाट प्रस्ताव नआएपछि टेन्डरको मिति ७ दिन थप गरेर सूचना जारी हुने एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।

एन्फाको कार्यसमिति बैठकले टिकेटिङको लागि न्युनतम १ करोड ५० लाख तोकेको थियो । यस्तै, एन्फाले शीर्षक प्रायोजक बाहेकका कमर्सियल र मार्केटिङ अधिकारका लागि न्युनतम १ करोड ५० लाख र ब्रोडकाष्टिङ अधिकारका लागि न्युनतम ६० लाख तोकेर टेन्डर आह्वान गरेको थियो ।

नयाँ सिजनको ’ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । तर, एन्फाले लिगको मुख्य प्रायोजक समेत पाउन सकेको छैन ।