२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला भलिबल: उपाधिका लागि न्यु डायमण्ड र एपीएफ भिड्दै



अ+ अ-

काठमाडौं । राजधानीमा जारी छैठौं संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ ।

प्रतियोगिताको फाइनलमा साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।

एपीएफ उपाधि रक्षाको योजनासहित कोर्टमा उत्रिनेछ भने न्यु डायमण्ड नयाँ च्याम्पियन बन्ने योजनामा रहेको छ ।

चार टोलीको सहभागीता रहेको प्रतियोगितामा न्यु डायमण्ड अपराजित रहदै फाइनल पुगेको हो । सोमबार भएको लिग खेलमा न्यु डायमण्डले एपीएफलाई ३-१ को सेटमा हराएको थियो ।

एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।

तेस्रो स्थानका लागि भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।