१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा छः प्रमुख सचेतक लेखक(भिडियोसहित)

सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा छः प्रमुख सचेतक लेखक(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा देखिएको बताउनुभएको छ ।

सोमवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेताहरुमा अधैर्यता र विचलन देखिएको बताउनुभएको हो । उहाँले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र बिरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरुप सरकार अहिलेको अवस्थामा आइपुगेको बताउनु भयो ।

उहाँले सत्तारुढ दलका नेताहरु अत्ताल्लिएको भन्दै त्यसले सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिएको बताउनु भयो । सत्तारुढ दलहरु मध्ये नेकपा (एमाले) सबैभन्दा विचलित भएको उहाँको भनाई छ । उहाँले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो सरकार जुन ढंगले अगाडी बढीराखेको छ, अथवा यो सरकार जसरी गठन भएको छ यसको सैद्धान्तिक धरातल नै यति कमजोर र यति बिरोधाभाषपूर्ण छ कि यो धरातलमा हुने कुरा यही हो जे भइरहेको छ । एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । उहाँहरु यति ज्यादा अधैर्य, विचलित भएको जुन देखिएको छ के को लागि हुनुभएको छ भन्ने थाहा छैन । हिजो मैले संसदभित्र जुन रुप देखेँ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भिर भएको छु ।

यो सरकारको सैद्धान्तिक धरातल पनि अत्यन्त कमजोर र बिरोधाभाषपूर्ण छ । त्यसैमा के छ त भन्दा प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ नि त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ । यो सरकारको गतिविधिहरु र सत्ता समिकरणमा रहेका संलग्न भएका नेताहरुको अधैर्यता, प्रश्तुति, विचलन जुन देखिएको छ त्यसले के देखिएको छ भने अहिले सरकारमा भएका दलका केही नेताहरु अत्यन्तै आत्तिएका छन् । अत्तालिएका छन् । उहाँहरुको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिराखिएको छ ।’

प्रमुख सचेतक लेखकले काँग्रेसले सत्ता समिकरण परिवर्तन गरेर अर्को समिकरण बनाउन नखोजेको स्पष्ट पार्नुभयो । आफूहरुले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति काँग्रेसकै लागि होला भन्ने आफूहरुको बुझाइ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले सत्ता समिकरण परिवर्तन गर्न खोजेको, अर्को समिकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भिर रुपले गएको छ । त्यो कुरालाई हामीले विशेष ढंगले प्राथमिकताका साथ हेरिराखेका छौँ । प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति काँग्रेसकै लागि त होला नि । अरु कसको लागि होला भन्ने हाम्रो बुझाइ हो ।’

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेट भएको थियो । सो भेट लगत्तै सभापति देउवासँग भेट गर्नुभएका प्रमुख सचेतक लेखकले तीन नेताहरुका बीचमा समसामयिक परिस्थितिको बारेमा कुराकानी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीजीले दुवैजना नेताहरुलाई बोलाउनु भयो समसामयिक परिस्थितिको बारेमा कुरा हो । त्यस्तो खासै केही कुरा छैन । नेताहरु भेटघाट भइराख्छ भइरहनु पर्छ । राष्ट्रपतिको निर्वाचन आजको छलफलको विषय होइन । सामान्य समसामयिक विषयमा कुराकानी भएको होला नेताहरुका बीचमा । नेताहरुको बीचमा कुराकानी भयो त्यो आफैँमा राम्रो पक्ष हो ।’

समसामयिक राजनीतिक परिस्थितिको बारेमा कुराकानी भएपनि राष्ट्रपति निर्वाचनको सम्बन्धमा कुराकानी नभएको उहाँको भनाई छ ।