२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका तीन मन्त्रीद्वारा पदबाट राजीनामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सो पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

रास्वपाको आज बसेको बैठकले सरकारको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।