२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका मन्त्रीहरूले दिए राजीनामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मा रास्वपाबाट मन्त्री बनेकाहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका हुन्।

रास्वपाको बसुन्धरामा आइतबार दिउँसो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।