१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पार्टीभित्र कुनै मतभेद छैनः अध्यक्ष नेपाल

पार्टीभित्र कुनै मतभेद छैनः अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ ।

आईतबार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै उहाँले यस्तो जिकिर गर्नुभएको हो । अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकतावद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चार माध्याममा आएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । पार्टीमा मतभेद नरहेको र नेताहरुबीच पनि कुनै खटपट नभएको उहाँको भनाई थियो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘बाहिर पत्रिकामा मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ । उहाँको सुझाव हो त्यो । पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ ? कम्युनिष्ट आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ ? नेपालको राजनीतिक कम्युनिष्ट आन्दोलनको हैसियतलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ ? भन्नेमा उहाँलाई लागेका विचारहरु हुन् ।

यसर्थमा त्यसलाई अन्य अर्थमा लिनुपर्ने कुनै आवश्यक्ता छैन । हाम्रो पार्टीभित्र यो पार्टीलाई एकतावद्ध बनाएर लैजाने बारेमा पार्टीलाई सुदृढ बनाउने बारेमा कुनै मतभेदहरु छैनन् । यसबारे कमरेडहरु ढुक्क भएर जानु भए हुन्छ । नेताहरुबीच खटपट भएको भन्ने लागेको होला ? छैन ।’

अध्यक्ष नेपालले पार्टीलाई एकतावद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।