• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक(भिडियोसहित)



काठमाडौँ । गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक ढकालले भिडियोमा गहन विषयवस्तुको उठान गरिएको बताउनु भयो । उहाँले नेपालजस्तो गरिबी मुलुकमा बालबालिकाहरुले आफूले पाउने हक, अधिकार पाउन नसकेको कुराहरुलाई समेटिएको बताउनु भयो ।

उहाँले समाजमा नराम्रा मानिस जति छन् त्यत्ति नै राम्रा मानिस रहेको बताउनु भयो । उहाँले गीतले आफ्नो जीवनको केही अंश प्रश्तुत गरेको बताउनु भयो । उहाँले कहिले काहीँ जन्म दिने भन्दा कर्म दिने अभिभावक महत्वपूर्ण हुने बताउनु भयो ।

गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत आमाको ममताको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ । यस गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनीहरुसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ । विधान कार्कीले निर्देशन गरेको भिडियोका छायाँकार उत्सव दाहाल हुनुहुन्छ भने सम्पादन विकास दाहालले गर्नुभएको हो । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दीपेन गौतमले प्रोडक्शन डिजाइन गर्नुभएको छ ।