२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक ढकालले भिडियोमा गहन विषयवस्तुको उठान गरिएको बताउनु भयो । उहाँले नेपालजस्तो गरिबी मुलुकमा बालबालिकाहरुले आफूले पाउने हक, अधिकार पाउन नसकेको कुराहरुलाई समेटिएको बताउनु भयो ।

उहाँले समाजमा नराम्रा मानिस जति छन् त्यत्ति नै राम्रा मानिस रहेको बताउनु भयो । उहाँले गीतले आफ्नो जीवनको केही अंश प्रश्तुत गरेको बताउनु भयो । उहाँले कहिले काहीँ जन्म दिने भन्दा कर्म दिने अभिभावक महत्वपूर्ण हुने बताउनु भयो ।

गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत आमाको ममताको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ । यस गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनीहरुसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ । विधान कार्कीले निर्देशन गरेको भिडियोका छायाँकार उत्सव दाहाल हुनुहुन्छ भने सम्पादन विकास दाहालले गर्नुभएको हो । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दीपेन गौतमले प्रोडक्शन डिजाइन गर्नुभएको छ ।