२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सरकारबाट बाहिरिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा फिर्ता नल्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शंकेत दिएसँगै पार्टीले सो निर्णय गरेको हो । रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।

बसुन्धारामा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।

यसैबीच, सभापति लामिछानेले केहीबेरमै पत्रकार सम्मेलन पनि गर्दैछन् । यस निर्णयबारे उनले पत्रकार सम्मेलनमा जानकारी गराउनेछन् ।