३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदबारमा माधव पक्षको पखाईमा ओली पक्ष



अ+ अ-

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज बस्दैछ । विहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे पनि सुरु हुन सकेको छैन । वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अहिलेसम्म सिंहदरबार पगेका छैनन् भने यता अध्यक्ष केपी शर्मा ओली पक्ष सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगिसकेका छन् । 

ओली पक्ष नेपाल पक्षका कार्यदलका सदस्यको पखाईमा छ । यद्यपी हिजो (शनिबार) नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार सबैले सुखद खबर सुन्न पाउने बताएछन्। ‘आइतबार बिहान ८ बजे सुखद समाचार सुन्न पाउनुहुन्छ’, नेता नेम्बाङले भनेका थिए।

यता नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले पनि हिजो सहमतिको अन्तिम बिन्दुमा रहेकाले छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिलाएका थिए । ।