१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा उपाध्यक्ष: उर्मिला अर्यालद्वारा मनोनयन दर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।

अर्यालले सत्ता गठबन्धनको तर्फबाट संघीय संसद सचिवालय नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गरेकी हुन् । मनोनयनका लागि साँझसम्मको समय तोकिएको छ ।

माओवादीबाट अर्यालले उम्मेदवारी दिँदै गर्दा विपक्षमा रहेको नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । कांग्रेसले पनि अर्याललाई समर्थन गर्ने भएको छ । यससँगै उनी निर्विरोध निर्वाचित हुने भएकी छन् ।