१५ भाद्र २०८३, सोमबार
,
Latest
अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन्– मुकुन्द न्यौपाने- पुर्णपाठ सहित



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपानेले हामीले गरेको विद्रोहलाई जनताले स्वीकार नगरेको बताउनुभएको छ ।

एकीकृत समाजवादी (एस) को पाँचौँ कैन्द्रीय कमिटीको बैठकमा उहाँले ३३ बुँदे फरक मत प्रस्तुत गर्दै जनताले नेकपा एललाई स्वीकार गर्न नसक्दा संविधानको प्रावधानअनुसार थ्रेसहोल्डसम्म जोगाउन नसेको उल्लेख गर्नुभएको छ ।

शनिबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा उहाँले भन्नुभएको छ, “एउटा कम्युनिष्ट पार्टीले आफूलाई जनताको इच्छा र आकांक्षाअनुसार चलाउनु पर्छ । यदि जनताको आवश्यकता र इच्छाअनुसार चल्न सकेनौँ भने हामी असफल हुनेछौँ । आफ्नो कमी कमजोरीहरूलाई आत्मसात् गरी सच्याउँदै अघि बढ्ने, असफलताबाट शिक्षा लिई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न जरुरी छ ।”

आजको मुख्य कार्यभार एक देश–एक कम्युनिष्ट पार्टी निर्माण भएको भन्दै उहाँले विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको धारबाट अलग्गिई मार्क्सका दुईचार किताब अघि सारेर शास्त्रीय आख्यान पिलाउँदै हिँड्नु भनेको पिँध नभएको बाल्टी इनारमा डुबाएर पानी तान्नु जस्तै हो भन्नुभएको छ।

“जतिपल्ट डुबाए पनि पानीको सतह माथि ल्याउँदा बाल्टी खालीको खाली नै हुन्छ”, उहाँले भन्नुभएको छ, “आज नेकपा एकीकृत समाजवादीको नेतृत्वपंक्तिका कतिपय साथीहरू र तलका धेरै कमिटी र कार्यकर्ताको हालत यही पिँध नभएको बाल्टीको जस्तै छ । जति पाए पनि नपुग्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने ।”

उहाँले सङ्कटपूर्ण घडीमा हाम्रो पार्टीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवाद उन्मुख दिशामा लानका लागि र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा, विकास गर्नका लागि मूर्त र ठोस ढंगको राजनीतिक कार्यदिशा र मुख्य कार्यभारलाई आत्मसात् गर्न जरुरी रहेको बताउनुभएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/02/com-Mukunda-Neupane_230204_221509.pdf”]