२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन



अ+ अ-

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । पाकिस्तानी मिडियाका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए । उनले आइतबार दुबईको एक अस्पतालमा अन्तिम सास लिए। उनी सन् २०१६ देखि दुबईमा बस्दै आएका थिए ।

परवेज मुशर्रफको पछिल्लो भिडियोले उनी हिँड्न नसक्ने देखाएको छ । उनी पूर्णरूपमा ह्वीलचेयरमा निर्भर थिए र खाना पनि सक्ने अवस्थामा थिएनन् ।

एमाइलोइडोसिसको समस्यापछि मुसर्रफलाई गत वर्ष जुन १० मा युएईको अस्पतालमा भर्ना गरिएको थियो । विस्तारै विस्तारै बहु–अङ्ग विफलतामा परिणत भएको थियो। उनलाई गत वर्षको जुनमा भेन्टिलेटरमा राखिएको थियो । लामो समयदेखि बिरामी रहेपछि उनको आज निधन भएको हो ।

परवेज मुशर्रफको जन्म ११ अगस्ट १९४३ मा नयाँ दिल्लीको दर्यागञ्जमा भएको थियो । सन् १९४७ मा उनको परिवारले पाकिस्तान जाने निर्णय गरेको थियो । उनको सम्पूर्ण परिवार विभाजनको केही दिनअघि पाकिस्तान पुगेका थियो। उनका बुबा सईदले नयाँ पाकिस्तान सरकारका लागि काम गर्न थाले र विदेश मन्त्रालयसँग सम्बद्ध थिए।

यसपछि उनका पिता पाकिस्तानबाट टर्कीमा सरुवा भए र १९४९ मा उनी टर्की गए । केही समय उनी आफ्नो परिवारसँग टर्कीमा बसे । टर्कीमा रहँदा उनले टर्की भाषा पनि बोल्न सिके। मुसर्रफ पनि युवावस्थामा खेलाडी थिए । सन् १९५७ मा उनको सम्पूर्ण परिवार फेरि पाकिस्तान फर्कियो। उनले कराँचीको सेन्ट प्याट्रिक स्कूल र लाहोरको फोरम्यान क्रिस्चियन कलेजमा आफ्नो स्कुलिङ गरेका थिए।

मुसर्रफलाई मृत्युदण्ड दिइएको थियो

पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका व्यक्ति परवेज मुशर्रफ हुन् । पाकिस्तानको इतिहासमा पहिलो पटक पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा रहेको विशेष अदालतको तीन सदस्यीय इजलासले यस्तो सजाय सुनाएको हो ।

सन् २००७ नोभेम्बर ३ मा पाकिस्तानमा आपतकाल लगाएको र सन् २००७ डिसेम्बरको मध्यसम्म संविधान निलम्बन गरेको आरोपमा परवेज मुशर्रफमाथि सन् २०१३ को डिसेम्बरमा देशद्रोहको मुद्दा दायर गरिएको थियो ।

मुशर्रफलाई मार्च ३१, २०१४ मा दोषी ठहर गरिएको थियो। ७९ वर्षीय मुशर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा शासन गरेका थिए । मुसर्रफ सन् २०१६ को मार्चदेखि दुबईमा बस्दै आएका थिए ।