२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले सिधाकुरा नगरेको धेरै भएछ आज गर्छु: रवि लामिछाने



अ+ अ-

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टीको बैठकले आज ठोस निर्णय लिने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस पोष्ट गर्दे लामिछानेले आजको बैठकले ठोस निर्णय लिने जनाउनु भएको हो ।

उहाँले लेख्नुभएको छपार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।

नागरिकताको बिवादका कारण सर्वोच्च अदालतको आदेश पछि सांसद , उपप्रधान तथा गृहमन्त्री र दलको अध्यक्ष गुमाएका लामिछाने पुन नागरिकता लिएर दलको अध्यक्ष बन्नुभएको थियो । तर आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर पटक पटक बैठक बसेपनि निर्णय भने गर्न सकेको छैन ।