६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एमसिसी  छिटो संसद्मा प्रवेश गराएर  छलफल गरिनुपर्छ : सचेतक भुसाल

एमसिसी  छिटो संसद्मा प्रवेश गराएर  छलफल गरिनुपर्छ : सचेतक भुसाल
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताउनुभएको छ । 

एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्‍याङ बनाउन नहुने बताउँदै उहाँले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्छ भन्नुभयो ।

नेत्री भुसालले नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) र नेपाली कांग्रेसका यसअघिका सरकारले एमसिसीलाई स्पष्टसँग अघि बढाएको अवस्था रहेको स्मरण गर्दै एमाले सरकारले त संसद्बाट पारित गर्नुपर्छ प्रावधान नै राखेको घटना सुनाउनुभयो ।

उहाँले रासससँग भन्नुभयो, “एमसिसी यथाशीघ्र सदनमा प्रवेश गराएर धेरै छलफल गरियो भने उठेको प्रश्नबारे आमजनता स्पष्ट हुन्छन्, हाउसमा टेबल भएर छलफल भइसकेपछि चित्त नबुझ्नेले मतदान गर्न सक्दिन भन्न पाउँछ नि ।” हाम्रो पार्टीले एमसिसी सदनमा प्रवेश गराएर व्यापक छलफल गर्नुपर्छ भनिरहेको छ ।
 
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका सचेतक उमाशङ्कर अरगरियाले नेपाल र नेपालीको हितमा रहेको एमसिसी सम्झौतालाई सदनमा छिटो प्रवेश गराई गहन छलफल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दल र केही नेता विशेषमा मात्र सीमित नतुल्याएर यथाशीघ्र एमसिसीलाई छिटो सदनमा प्रवेश गराउनुपर्छ । यो नेपालको विकास र नेपालीको समृद्धिसँग सम्बन्धित विषय छ ।”