२० भाद्र २०८३, शनिबार
,
Latest
इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँः मुख्यमन्त्री अधिकारी



अ+ अ-

ढोरपाटन । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । आज बागलुङस्थित धवलागिरि अस्पतालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

दूरदराजका नागरिकलाई पनि स्वास्थ्यको सहज पहुँचसँग जोड्न गण्डकी प्रदेश सरकारले गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गर्ने तथा आवश्यक उपकरण, औषधिको व्यवस्थापन गर्ने बताउनुभयो । स्वास्थ्यकर्मीले सेवा प्रवाहमा कुनै ढिलासुस्ती नगर्न उहाँले निर्देशन दिनुभयो ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “समयको सही प्रयोग गरी बिरामीलाई कत्ति पनि दुःख नहुने गरी सेवा दिनुपर्छ, ढिलासुस्तीले कसैको ज्यान जान सक्छ, कयौँ अस्पतालमा जनशक्ति नपुगेको गुनासो छ, त्यसको व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लाग्छ, अस्पतालमा आउने कोही पनि बिरामी उपचारबिना नफर्कियोस् ।”

उहाँले धवलागिरि अस्पतालमा आफू स्वास्थ्यमन्त्री हुँदा जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य बीमा लागू गरेको स्मरण गर्दै यहाँको निर्माणाधीन नयाँ भवनलाई तत्काल सम्पन्न गरी थप व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । जनशक्ति व्यवस्थापन, हरि खड्का ट्रमा सेन्टर सञ्चालनलगायतका अन्य काम गर्नका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस