२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

नेपालमा स्की खेलको सम्भावना (भिडियो सहित)

नेपालमा स्की खेलको सम्भावना (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । हिउँ नै हिउँमा खेलिने स्की प्रतियोगिता नेपालमा पनि हुन्छ भन्दा हामीलाई नौलो हुन सक्छ । किन भने स्किका लागि आवश्यक पर्ने स्थल सहजै भेटाउन नेपालको भूगोलमा कठिन छ । मुस्ताङमा सम्पन्न स्कीको चौथो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप सम्पन्न  हुँदा नेपालमा नि स्कि सम्भावन छ भन्ने सिद्ध भएको छ । सामान्य वातावरण भन्दा अलि फरक वातावरणमा सम्हाहित हुँदै खेल्नु पर्ने स्कि खेल नेपालमा पनि अन्तर्राष्ट्रिय स्थलमा जस्तै आयोजना हुन्छ भन्ने उदाहरण बनेको छ ।  

स्कि खेल विशेष गरि युरोपमा निकै लोक प्रिय छ । सहासिक खेलको रुपमा हेरिने यो खेल नेपालमा पनि सम्भव छ भन्ने उदाहरण मुस्ताङमा सम्पन्न  चौथो स्कि च्याम्पियनसिपले प्रस्ट पारेको छ । हिमालै हिमालको देशको रुपले परिचित नेपालका डाडाँ काँडामा पर्ने हिँउले स्कि खेललाई सम्भावना प्रस्टाउँछ पनि । नेपालमा भएका धेरै स्थान मध्येको मुस्ताङ स्कि खेलको सम्भावन भनि रहँदा वारागुङ मुक्तिक्षेत्रको रानीपौवाको सेताम्मे हिउँमा चौथो संस्करणको स्की प्रतियोगिता नै सम्पन्न भयो । स्थल मार्गको पहुँच र बसोबासका लागि उपयुक्त मुस्ताङमा हिउको अवस्था राम्रो भएका कारण च्याम्पियनसिप आयोजना गर्न सफल भएको नेपाल स्की संघका महासचिव विजयी श्रेष्ठले बताए ।

च्याम्पियनसीपमा विभिन्न विधामा सिनियर र जुनियर गरी ३१ जनाले सहभागिता जनाए ।  जसमा अल्पाईन स्की पुरुषतर्फ काठमान्डौंका साहसराम श्रेष्ठ च्याम्पियन बने । धनगढीका दिनेश कुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन गुरुङ तेश्रो भए । यस्तै अल्पाईन स्की महिलातर्फ नुवाकोटकी संगिता लामा पहिलो बन्दा ललितपुरकी देबोटा तिमाल्सिना र धनकुटाकी लक्ष्मी राई क्रमश दोस्रो र तेश्रो भए । अघिल्लो वर्ष कोरोनाका कारण स्की च्याम्पियनसिप आयोजना गर्न कठिनाई भएको थियो । प्रतियोगितामा सहभागि भएका खेलाडी मध्येका सदा श्रेष्ठले हिउ पर्ने स्थान मध्येको मुस्ताङ क्षेत्रमा स्लोप बनाउनका लागि सजिलो हुने भएकाले उचित प्रशिक्षण हुँदा स्की खेलले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने बताए ।

विदेश रसियामा अभ्यास गरेर आएका सुजता तामाङले स्वदेशमा नै स्की खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

हिउँको पाखामा खेलिने स्कि खेलको सम्भावन नेपालमा भएपनि अन्य अरु खेल भन्दा उति चलायमान छैन् । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सके स्कीले फड्को मार्न सक्छ सँगै स्कीमा पनि आकर्षण बढ्न सक्छ । यस्तै हिउँ खेल्न रुचाउने पर्यटकको पहिलो गन्तव्य हुने मुस्ताङमा स्की खेलको प्रर्वद्धन र विकास गर्न सके विकट मुस्ताङले खेलकुदबाट पनि परिचय कमाउने थियो ।