१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः एपीएफले मनाङलाई हरायो, एनआटीसँग संकटा स्तब्ध



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले सानदार जित निकालेको छ। 

बिहीबार दिउँसो भएको खेलमा विभागीय टोली एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफलाई जित दिलाउन आशिष लामा, मनि कुमार लामा र नविन लामाले एक-एक गोल गरे। यता, मनाङका अन्जन विष्टले एक गोल फर्काए। जितसँगै एपीएफलाई रेलिगेसनको डर सकिएको छ।

यस्तै, आज दिउँसो नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा  न्युरोड टिम एनआरटीले संकटा क्लबलाई हराएको छ। एनआरटीले संकटालाई १–० गोल अन्तरले हराएको हो।

एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले खेलको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। 

यस्तो छ अंकतालिकाः