७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै



अ+ अ-

एजेन्सी । युरो २०२० फुटबलको उपाधिका लागि आज आइतबार राति इंग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गर्दैछन् ।

इंग्ल्यान्डको वेम्बली स्टेडियमा हुने फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लाग्दा एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्दैछ ।

इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । इटालीले ११ खेल जितेको छ भने ८ खेलमा इंग्ल्यान्ड विजयी भएको छ । यस्तै ८ खेल बराबरीमा टुंगिएको छ ।