६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

आफूखुसी बजेट बनाउने कार्य गलत हो: मन्त्री पौडेल

आफूखुसी बजेट बनाउने कार्य गलत हो: मन्त्री पौडेल
अ+ अ-

रुपन्देही (बेलहिया) । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।

रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग आज साँझ भैरहवामा छलफल गर्दै उहाँले भन्नुभयो, “औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउदैछाँै । अर्को वर्षदेखि बजेट रकामान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउछौँ ।”

उहाँका अनुसार सङ्घ, प्रदेश, स्थानीय सरकार मात्रै नभई सरकारी कार्यालयले आवको मध्यमा आएर बजेट रकमान्तर गरेर नयाँ काम गर्ने पुरानो परम्परा रहँदै आएको छ । उहाँले योजना छरपस्ट बनाउने र कार्यान्वयन गर्ने बेला फितलो हुने प्रचलनलाई रोक्न बजेटको रकमान्तरणमा रोक लगाउन लागेको स्पष्ट गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सरकार खर्च कटौतीको विन्दुमा पुगेकाले अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी धेरै अफ्ठ्यारो अवस्थामा छौँ भन्ने बुझ्नुपर्दछ । राजस्व परिचालनको अवस्था गत वर्षको भन्दा १५÷२० प्रतिशत कमजोर छ । यसैले खर्च कटौती गर्दै मितव्ययी हुन जरुरी छ ।”

पौडेलले अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम तथा योजना पूरा गर्नेतर्फ ध्यान नदिँँदा ती आयोजना पूरा नभएको, शर्त कार्यान्वयन नभएको उल्लेख गर्दै विदेशी दातृ निकायले दिने सहयोगमा पनि अफ्ठ्यारो भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय दातृ निकायले दिएको पैसा खर्च गर्नुस् न पहिले भन्छन् तर हामी त्यता ध्यान दिदैनौँ, गरिएका शर्त पालना गर्दैनौँ अनि कहाँबाट सहयोग आउँछ ।”

मन्त्री पौडेलले बजेट बनाउँदा औचित्य र आवश्यकताका आधारमा बनाउन पनि कार्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो । उहाँले सङ्घीय सरकारले सङ्घीय महत्त्वको, प्रदेशले प्रादेशिक महत्त्वको र पालिकाले स्थानीय महत्त्वको योजनामा ध्यान दिनुपर्ने बताउनुभयो ।

विमानस्थलको समस्या समाधान हुन्छ

अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विषयलाई केही व्यक्तिले गलत ढङ्गले प्रचार गरिरहेको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गौतमबुद्ध विमानस्थललाई सेतो हात्ती हो, यसले केही प्रतिफल दिँदैन भनेर मानक स्थापित गर्न खोजिएको छ । त्यो गलत हो ।” भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विगतमा समस्या आउँदा पनि समाधान गरिएको र वर्तमान अवस्थामा देखिएका समस्या पनि समाधान गरिने उहाँले बताउनुभयो ।

“आज नै विमानस्थलको अवस्थाको बारेमा स्थलगतरूपमै बुझेका छौँ । केही समस्या छन् ती समाधान हुन्छ”, पौडेलले भन्नुभयो । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गत पुस ६ गते यता अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । गत वर्षको जेठ २ गते जजिरा एअरलाइन्सले भैरहवाबाट सिधा कतार उडान गरेको थियो । त्यसपछि जजिराको नियमित उडान थियो । जजिराको उडानपछि धेरै अन्तर्राष्ट्रिय एअरलाइन्सले भैरहवाबाट उडान गर्नेगरी तयारी थालेको भए पनि खास गरिकन विमानस्थलको इन्स्ट्रुमेन्ट ल्याण्ड सिस्टम ९आईएलएस० को सम्बन्धमा भारतले लिखित सहमति नदिँदा समस्या सिर्जना भएको हो ।

यसैबीच अर्थमन्त्री पौडेलले बेलहियामा निर्माण हुने नेपाल–भारत एकीकृत चेकपोस्ट (आइसीपी) को काम तत्काल अगाडि बढाउन पनि भन्सार प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “भारतीय राजदूतलाई पनि मैले भेट्दा यहाँको आइसीपीको बारेमा छिट्टै काम अगाडि बढाउन भनेको छु । यो शिलान्यास गर्ने मिति तोकेर मलाई खबर गरौँ, धेरै ढिला नगरौँ ।” रासस