१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् ।

यस्तै, सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

त्यस्तै, शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई आजै प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । माओवादीले २ वटा मन्त्रालय प्रस्ताव गरेको थियो । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर मुख्यमन्त्री यादवले एउटा मात्र मन्त्रालय दिन खोज्दा माओवादीले मन्त्री नपठाएको बुझिएको छ ।

मुख्यमन्त्री यादवले पुस २९ मा शपथ लिएकै दिन तीन मन्त्री पनि शपथ लिएका थिए । योसँगै अब मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र तीन राज्यमन्त्री भएका छन् ।