२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दा असल नियत छ– प्रमुख निर्वाचन आयुक्त थपलिया



file
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असल नियतले समयमै सम्पन्न गर्ने गरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तय गरिएको बताउनुभएको छ ।

उहाँले दुवै पदको निर्वाचनको मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै असल नियतले मिति तोकिएकाले निर्वाचन सम्पन्न भएपछि ती प्रश्न आफैँ अन्त्य हुने बताउनुभयो ।

आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनको मिति निर्वाचन आयोगले तोकेको छ । यद्यपि आयुक्त ईश्वरी न्यौपानेले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनसम्बन्धी ऐनमा कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै फरक मत राख्नुभएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान र कानूनका बीचमा केही द्विविधाहरु कायमै रहेको बताउनुभयो । उहाँले ती द्विविधालाई निर्वाचन आयोगले सम्बोधन गर्दै अघि बढेको उल्लेख गर्नुभयो ।