३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो जोड गठबन्धन बचाउने नै होः प्रचण्ड (भिडियो)



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई बचाउन लागिपरेको बताएका छन्। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँगको छलफलपछि बाहिरिने क्रममा सो कुरा बताएका हुन्। 

उनले भने, ‘ ५ बजे सम्यन्त्रको मिटिङ छ, त्यही बैठकको तयारीको बारेमा छलफल भयो। हामी तीन दललाई एकमत बनाउने भनेर लागेका होइनौँ। पाँचै दललाई कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छौँ। आजको पाँच दलको बैठकमा छलफल गरेर एउटा निष्कर्षमा पुग्नेमा हामी केन्द्रित छौँ। जोड चाहिँ सकेसम्म यो गठबन्धन बचाउने मै छ।'