१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध– राजदुत श्रीवास्तव

भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध– राजदुत श्रीवास्तव
अ अ+ अ-

काठमाडौँ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नेपाल–भारत मैंत्री युवा संघ केन्द्रिय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

राजदुत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाईदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रुपमा लागि परेको समेत स्पष्ट पार्नु भयो । उहाँले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागि परेको बताउनु भयो ।

राजदुत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमानै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छदैछ । त्यो भन्दा पनि बढि जनस्तरको सम्बन्ध छ । भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकास पनि भारतको जोड दिएको छ । किनकी नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाईदा हुने हो । यस कार्यमा भारतको सरकार पूर्ण रुपमा चाहना हो ।’

राजदुत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा संचालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताउनु भयो ।