२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध– राजदुत श्रीवास्तव



अ+ अ-

काठमाडौँ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नेपाल–भारत मैंत्री युवा संघ केन्द्रिय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

राजदुत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाईदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रुपमा लागि परेको समेत स्पष्ट पार्नु भयो । उहाँले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागि परेको बताउनु भयो ।

राजदुत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमानै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छदैछ । त्यो भन्दा पनि बढि जनस्तरको सम्बन्ध छ । भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकास पनि भारतको जोड दिएको छ । किनकी नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाईदा हुने हो । यस कार्यमा भारतको सरकार पूर्ण रुपमा चाहना हो ।’

राजदुत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा संचालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताउनु भयो ।