१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी स्थायी कमिटी बैठक स्थगित



file
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को आजको लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताको कारण आजको बैठक पनि स्थगित भएको हो ।

अध्यक्ष प्रचण्ड शुक्रबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा व्यस्त हुनुहुन्छ । उक्त कार्यक्रम सकिएपछि उहाँले नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्रीसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले दिउँसो चार बजे मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन इस्माइलसँग भेट्ने कार्यक्रम छ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने तय भएर स्थगित भएको आजको माओवादी स्थायी कमिटी बैठकमा राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्यूरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।