२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी स्थायी कमिटी बैठक स्थगित



file
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को आजको लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताको कारण आजको बैठक पनि स्थगित भएको हो ।

अध्यक्ष प्रचण्ड शुक्रबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा व्यस्त हुनुहुन्छ । उक्त कार्यक्रम सकिएपछि उहाँले नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्रीसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले दिउँसो चार बजे मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन इस्माइलसँग भेट्ने कार्यक्रम छ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने तय भएर स्थगित भएको आजको माओवादी स्थायी कमिटी बैठकमा राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्यूरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।