११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्नुहुन्छ । नदी तर्नका लागि उहाँले अस्थायी काठको पुल बनाउनुभएको छ । पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उहाँ शुःल्क लिनुहुन्छ ।

पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले रू ४० र साइकल सवारले रू पाँच बुझाउनुहुन्छ । रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो ।

नदी छेउमै काठको वेरियर छेउ सानो पसल पनि राख्नुभएको छ । पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उहाँले घर खर्च चलाउनुभएको छ । पुल प्रयोग गर्नेहरुबाट उहाँले दैनिक रू एक हजारदेखि रू दुई हजार पाँच सयसम्म रकम उठाउनुहुन्छ । श्रीमानको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उहाँले नदीमा अस्थायी पुल राख्नुएको हो ।

“रोजगारीको छैन । खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हरेक बर्ष वर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु ।” उहाँले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्नुहुन्छ । नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ ।

रानाले अस्थायी रुपमा काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन् । तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरुप कहिले लिने हो टुङ्गो छैन ।

स्थानीय बोटसिंह राना भन्नुहुन्छ, “कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुःल्क तिरेर तर्न बाध्य छौं ।”

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ । नदी तर्नेबाट त्यस ठाउँमा समेत शुःल्क लिइने गरिएको छ । नदीमा निर्माण गरिएको झोलुङगे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुःल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन् ।
नदीमा काठको अस्थायी पुल राखेर शुःल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताउनुभयो । पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उहाँले सुनाउनुभयो ।

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत् पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ । “अस्थायी भएपनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भएपनि सुविधा पुगेको छ”, स्थानीय प्रकाश खुनाले भन्नुभयो, “थोरै शुःल्क लिँदा चित्त दुखाएका छैनौँ बरु सेवा पाएका छौँ ।” रासस