• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

भकुन्डेबेँसीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु



काठमाडौं । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री बालिकाको मृत्यु भएको हो ।

बालिकाको मृत्युपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।