११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

जलचराको प्रजाति बढ्दै, सङ्ख्या घट्दै

जलचराको प्रजाति बढ्दै, सङ्ख्या घट्दै
अ अ+ अ-

“उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा
पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा ।
छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी
क्रीडा गर्न नपाइने छ धरती बाँच्छ्यौ चरी केगरी ।।”

कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता संग्रह ‘दुलही’ को बाँच्छ्याँै चरी केगरी शीर्षकको यस कवितांशमा भनिए जस्तै पछिल्लो समयमा बस्ती विकासको क्रम बढ्दा चराहरूको वासस्थान पनि नासिँदै गएका छन् । बर्सेनि चराहरूको सङ्ख्या घट्दै गएको छ । बर्सेनि हुने गणनामा चराको सङ्ख्या घट्दो क्रममा देखाइएको छ । विश्वव्यापीरुपमा प्रत्येक वर्ष जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलचराको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । पोखरामा पनि प्रत्येक वर्ष जलचराको गणना गर्दै आइएकामा यसवर्ष जनवरीको १२, १३ र १४ तारिखमा तिनको गणना गरिएको उहाँले बताउनुभयो ।

तालैतालको सहर पोखरामा रहेका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीचभाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायत खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।

पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङहुँदै बग्ने कालीगण्डकीसहित विभिन्न जल सम्पदाका कारण पोखरा मात्र नभइ समग्र गण्डकी प्रदेश नै चराचुरुङ्गीका लागि आकर्षक वासस्थानमा मानिन्छ । अध्यक्ष घिमिरेका अनुसार पोखरामा यसवर्षको जलचरा गणना लेखनाथका सात ताल, विजयपुर खोला र फेवाताल आसपासका क्षेत्रमा गरिएको थियो ।

बर्सेनि चराको सङ्ख्या घट्दै जानु यतिखेर चुनौतीका रुपमा देखिएको छ । पछिल्ला तीन वर्षको तथ्याङ्कले पोखरा र आसपासका क्षेत्रमा जलचराको सङ्ख्या घट्दो क्रममा देखिएको छ । सन् २०२१ को गणनामा पोखरा र आसपासमा ४६ प्रजातिका जलचरा भेटिएका थिए । त्यस वर्ष कूल चराको सङ्ख्या तीन हजार ८५ गणना गरिएको थियो । सन् २०२२ को गणनामा ४५ प्रजातिका तीन हजार आठ चरा भेटिएका थिए । यस वर्ष९सन् २०२३०को गणनामा प्रजाति थपिएर ५४ पुगे पनि सङ्ख्या भने घटेर दुई हजार ६२२ पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम बर्सेनि बढ्दै गए पनि चराको सङ्ख्या घट्दै जानु चुनौतीका रुपमा लिइएको छ ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । पोखरा आसपासमा विभिन्न प्रजातिका चरा पाइने भएकाले यो चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको यस क्षेत्रका अन्वेषकले बताए । विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेका छन् ।

पछिल्ला वर्षमा सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवम् सिमसारमा हुने गरेको अतिक्रमणले सङ्कटमा पर्दै गएको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले बताउनुभयो । पोखरा र आसपासमा चराका वासस्थान विभिन्न कारणले सङ्कुचन हुँदै गएको उल्लेख गर्दै उहाँले नवनिर्मित पोखरा विमानस्थल र आसपासमा बस्ने गरेका प्राय मांशाहारी प्रजातिका चरा आफ्नो वासस्थान हराएसँगै वरपरका विभिन्न स्थानमा वासस्थान खोज्दै गएको बताउनुभयो ।

पोखराको फेवातालबाट लेखनाथ तालमा चरा विचरणका लागि आवतजावत गर्ने गरेको पनि सचिव ढकालले बताउनुभयो । सामान्यतः बिहानको समयमा फेवातालबाट ठूलै समूहमा चरा लेखनाथका तालमा चर्न जाने र बेलुका फर्कने गरेको उहाँको भनाइ थियोे । हिउँद सुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै पोखरा र आसपासमा क्षेत्रमा आउने गरेका क¥याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको यहाँका बुढापाकाले बताए ।

ठूला ठूला झुण्डमा आउने क¥याङकुरुङ पोखरा र कालीगण्डकी उपत्यका पार गर्दै भारतको राजस्थानलगायत स्थानमा पुग्ने गर्दछन् । कास्की र आसपासका क्षेत्रमा क¥याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरेबाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै रहेको स्थानीयवासी रामचन्द्र सुवेदीले बताउनुभयो । स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष क¥याङकुरुङ आउँदा र जाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका वासिन्दाको भनाइ थियो ।

विगतमा खोला किनारा र अन्य जलाशयमा पाइने चरा पनि अहिले पाउन छोडिएको छ । लेखनाथ क्षेत्रस्थित रुपातालमा १०/१२ वर्ष अघिसम्म देखिने गरेको दाह्रे हाँस ९रजहाँस० र सेतोहाँस अहिले पाउन छोडिएको छ । पछिल्ला वर्षमा पोखरा र आसपासका जलाधार क्षेत्रमा पहँेला टाउके हाँस, सुन्जुरे हाँसलगायत चराका प्रजाति साथै सङ्ख्या पनि कम हुँदै गएको अध्ययनले देखाएको छ । रासस