५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सरकारबाट बाहिरिँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । गृह मन्त्रालयमा दाबी गर्दै आएको रास्वपाले नपाउने भएपछि सरकारबाट बाहिरिन लागेको हो ।

पार्टीको आज साँझ बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने पार्टी स्रोतले बताएको छ ।

यद्यपि सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्दै रास्वपाले केही समय पर्खेर हेर्ने भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पार्टी अध्यक्ष रवि लामिछानेले पुनः आफूलाई गृहमन्त्री बनाउन अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री दिन नसकिने जवाफ दिनुभएको थियो ।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “रविजी तपाईंको विषयमा मैले आफ्ने पार्टीको दबाब थेग्न सकिनँ, तपाईंलाई गृहमन्त्री दिन सकिनँ ।”

प्रधानमन्त्रीको जवाफपछि रास्वपाले संयुक्त बैठक बसाएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको हो । यसअघि पनि अध्यक्ष लामिछानेले आफूलाई गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो ।

नेपाली नागरिकता नभएको भनी सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट समेत मुक्त हुनुभएको छ ।

तर लगत्तै उहाँले पुनः नेपाली नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूलाई पुनः गृहमन्त्री बनाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्री बनाउन नसकिने बताउनुभएको थियो ।




भर्खरै