१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो मौनता आजसम्मका लागि मात्र हो– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।”

नेपाली नागरिकता नभएको भनी सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट समेत मुक्त हुनुभएको छ ।

तर लगत्तै उहाँले पुनः नेपाली नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूलाई पुनः गृहमन्त्री बनाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्री बनाउन नसकिने बताउनुभएपछि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो ।

आजै साँझ रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । बैठकमा सरकारमा रहने वा बाहिरिने निर्णय हुने अनुमान गरिएको छ ।




भर्खरै