२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो मौनता आजसम्मका लागि मात्र हो– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।”

नेपाली नागरिकता नभएको भनी सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट समेत मुक्त हुनुभएको छ ।

तर लगत्तै उहाँले पुनः नेपाली नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूलाई पुनः गृहमन्त्री बनाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्री बनाउन नसकिने बताउनुभएपछि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो ।

आजै साँझ रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । बैठकमा सरकारमा रहने वा बाहिरिने निर्णय हुने अनुमान गरिएको छ ।