• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक

ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गरेको छः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताउनुभएको छ ।

बिहीवार ललितकला गुठी काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताउनु भयो । उहाँले प्रतिष्ठानले देशमा मात्र नभइ ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताउनु भयो । उहाँले ललितकला प्रतिष्ठानले संस्थागत स्वरुप ग्रहण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने, देशभित्र मात्र नभइ देश बाहिर पनि महत्वपूर्ण भुमिका खेल्नुभएको छ । म पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठानलाई अघि बढाउनेबारे तपाईहरुकै सल्लाह,सुझाव अनुसार अघि बढाएको हो, अहिले स्थापित भएर गठन भइ १२ वर्ष पूरा भइसकेको छ । यसले संस्थागत स्वरुप ग्रहण गर्दैछ ।’

‘अहिले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा यहाँ आइराख्दा खुशी महशुस भएको छ । यो क्षेत्रमा तपाईहरुले दिनुभएको योगदानलाई राष्ट्रले कदर गरेको छ । आउने दिनमा यसका अगाडि रहेको सम्भावना के छन्, चुनौति के छन् ? तपाईहरुले लिखित रुपमा प्रधानमन्त्री कार्यालयमा दिनुहोला । मैले आफ्नो ठाउँबाट गर्ने सहयोग प्राप्त हुनेछ ।’

प्रधानमन्त्री दाहालले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौति भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवद्र्धनका लागि आवश्यक पहल गर्ने बताउनु भयो ।