१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गरेको छः प्रधानमन्त्री

ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गरेको छः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताउनुभएको छ ।

बिहीवार ललितकला गुठी काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताउनु भयो । उहाँले प्रतिष्ठानले देशमा मात्र नभइ ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताउनु भयो । उहाँले ललितकला प्रतिष्ठानले संस्थागत स्वरुप ग्रहण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने, देशभित्र मात्र नभइ देश बाहिर पनि महत्वपूर्ण भुमिका खेल्नुभएको छ । म पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठानलाई अघि बढाउनेबारे तपाईहरुकै सल्लाह,सुझाव अनुसार अघि बढाएको हो, अहिले स्थापित भएर गठन भइ १२ वर्ष पूरा भइसकेको छ । यसले संस्थागत स्वरुप ग्रहण गर्दैछ ।’

‘अहिले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा यहाँ आइराख्दा खुशी महशुस भएको छ । यो क्षेत्रमा तपाईहरुले दिनुभएको योगदानलाई राष्ट्रले कदर गरेको छ । आउने दिनमा यसका अगाडि रहेको सम्भावना के छन्, चुनौति के छन् ? तपाईहरुले लिखित रुपमा प्रधानमन्त्री कार्यालयमा दिनुहोला । मैले आफ्नो ठाउँबाट गर्ने सहयोग प्राप्त हुनेछ ।’

प्रधानमन्त्री दाहालले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौति भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवद्र्धनका लागि आवश्यक पहल गर्ने बताउनु भयो ।