१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वविद्यालयसम्बन्धी प्रगति विवरण पेश गर्न विधायन समितिको निर्देशन



अ+ अ-

काठमाडौं । विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को प्रारम्भिक छलफल भएको थियो ।

समितिका सभापति डा बेदुराम भुसालले विधेयकबारे थप छलफल अघि बढाउन पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा अर्जुन कार्कीलाई पछिल्लो प्रगति विवरणसँगै पाठ्यक्रमको प्रारुप र सञ्चालनको आर्थिक आधारबारे प्रष्ट जानकारी उपलब्ध गराउन निर्देशन दिनुभयो ।

बैठकमा पूर्वशिक्षामन्त्री माधव पौडेलले हाल सञ्चालनमा रहेका विश्वविद्यालयभन्दा फरक नभए विधेयक फिर्ता लिन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सञ्चालनमा रहेका विश्वविद्यालय लथालिङ्ग अवस्थामा छन् । अहिलेकै जस्तो विश्वविद्यालय खडा गरेर जाने हो भने यो काम अघि बढ्नु हुँदैन । सरकारले विधेयक फिर्ता लिनुपर्छ” ।

डा कार्कीले नेपालको उच्च शिक्षा नीतिको लक्ष्य हासिल गर्न नेपाल विश्वविद्यालयको स्थापना र सञ्चालनले योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारको लक्ष्यअनुसार सन् २०३० सम्म विश्वविद्यालयमा २५ प्रतिशत विद्यार्थीको पहुँच पु-याउन विश्वविद्यालयले योगदान दिनेछ । सङ्ख्यासँगै गुणस्तरीय शिक्षा उपलब्ध गराउन यस विश्वविद्यालयको विशेष भूमिका हुनेछ ।”

बैठकमा डा सूर्यराज अर्यालले सञ्चालनमा रहेका विश्वविद्यालयमा शिक्षण पद्धतिमा सुधार नआएका कारण नयाँ विश्वविद्यालय आवश्यक रहेको बताउनुभयो । “भएका विश्वविद्यालयको संरचनामा समस्या छ । यी विश्वविद्यालयले काम गर्न सकेका छैनन् । त्यही कारण नयाँ विश्व विद्यालय आवश्यकता भएको हो”, उहाँले भन्नुभयो ।

सांसद गङ्गा बेलवासेले विधेयकमाथि संशोधनको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यक्ष र कुलपतिको व्यवस्थादेखि सञ्चालनमा सरकारको भूमिका र समावेशिताका लागि अझ स्पष्ट पार्दै संशोधन गर्न आवश्यक छ ।” सांसद खिमलाल देवकोटाले भन्नुभयो, “उच्च शिक्षासम्बन्धी छाता ऐनको मस्यौदा विधेयकको रुपमा तयार हुँदैछ । छाता विश्वविद्यालय ऐन (मस्यौदा) ले विश्वविद्यालय खोल्न बाधक बन्ने देखिन्छ ।”

सभापति भुसालले सांसद देवकोटातर्फ सङ्केत गर्दै भन्नुभयो, “यो विधेयक सरकारले पेश गरेको हो । समितिलाई प्रश्न नगरौँ ।” उहाँले सरकारसँग जोडिएका विषय सरकारसँग छलफल गरेर अघि सार्ने बताउनुभयो । सांसदले उठाएका विषयको जवाफ दिँदै डा कार्कीले विश्वविद्यालयको पूर्वाधार निर्माणमा सरकारको सहयोग लिइने बताउनुभयो ।

सांसद देवेन्द्र दाहाल र तारानाथ स्वारले विश्वविद्यालयले बहुविद्यागत अध्यापन गराउने विषयमा जिज्ञासा राख्नुभएको थियो । बैठकमा थप विश्वविद्यालयको आवश्यकता, विशेषता, उत्पादन हुने जनशक्ति र शिक्षा क्षेत्रमा दिने योगदानका विषयमा छलफल भएको थियो । रासस