• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

म्याद सकियो, सकिएन कालोपत्र



गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन ।

उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु ६ करोड ७१ लाखमा सम्झौता भएको थियो ।

दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी÷निशान÷आचार्य जेभी एक वर्षदेखि काममा फर्किएको छैन । ठेक्काको म्याद २०७९ साल जेठ २६ गते सकिए पनि हालसम्म निर्माण व्यवसायी काममा नफर्केको हो ।

सडक कालोपत्र भइसक्ने समयमा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएर म्याद थप्ने गरी प्रक्रियामा गएको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । “सडक निर्माणमा ढिलाइ भएको छ, निर्माण व्यवसायीले कोरोनाका कारण काम गर्न नसकेको बताएको छ, तर कोरोना मत्थर भएकै एक वर्ष भइसक्यो अझै काम थालेको छैन, ठेक्का सम्झौतापश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम भएको देखिन्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा पहिलो पटक रेश जाने सडक कालोपत्र गर्ने भए पनि निर्माण व्यवसायीको लापरबाही देखिएको छ, अहिले म्याद थप गर्ने र काममा फर्कने सहमति भएको छ ।”

उहाँका अनुसार कोरोनाका कारण असार मसान्तसम्म म्याद थप्ने प्रावधान भएकाले सोही समयसम्म म्याद थप गर्न काठेखोला गाउँपालिकाले सहमति जनाइसकेको छ । गाउँपालिकाको गौरवको योजनाका रुपमा रहेको गाउँपालिकाको केन्द्रबाट रेश जाने सडक कालोपत्रका लागि ठेकेदार कम्पनीलाई गाउँपालिकामा बोलाएर ताकेता गरिएको र एक महिना भित्रै काममा फर्कने सहमति भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

“सडक कालोपत्रमा ढिलाइ भएकै छ तर हामीले समन्वय गरेर मात्रै काम अघि बढ्ने देखियो म्याद थप गर्न सहमति दिएका छौँ, निर्माण व्यवसायीले काम तुरुन्तै थाल्ने आश्वासन दिनुभएको छ”, उहाँले भन्नुभयो “जतिसक्दो कालोपत्र सक्न भनेका छाँै, हामी निरन्तर निर्माण व्यवसायीलाई दबाब दिएका छौँ ।”

सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकिएको निर्माण व्यवसायीको दाबी छ । कोरोनाका कारण काममा ढिलाइ भए पनि सडक म्याद थप गर्दा साथ कालोपत्रका लागि काम थाल्ने जोशी÷निशान÷आचार्य जेभीका आधिकारीक प्रतिनिधि प्रकाश आचार्यले जानकारी दिनुभयो ।

“धेरै पूर्वाधारको काम भएको छ, कोरोनापछि हाम्रो म्याद सकियो म्याद थप गर्ने सहमति भएको छ, थप भएपछि काममा फर्कंन्छौँ”, उहाँले भन्नुभयो, “सडकमा केही नालीको कामसहित कालोपत्रको काम बाँकी छ, अहिले चार किलोमिटर सडकमध्ये एक किलोमिटर सडक ढलानसमेत गरिनेछ ।”

उक्त सडकको शुरुवामा पर्ने एक्लेखेतमा रु पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छ भने केही ठाउँमा बर्खामा खसेको पहिरोसमेत पन्छाउन बाँकी रहदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्यर रहेका छन् । रासस