१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्रेमप्रसादको आत्मदाहले जनप्रतिनिधि हौं भन्नसमेत लज्जाबोध भएको छः राजकिशोर यादव(भिडियोसहित)

प्रेमप्रसादको आत्मदाहले जनप्रतिनिधि हौं भन्नसमेत लज्जाबोध भएको छः राजकिशोर यादव(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले प्रेमप्रसाद आचार्यको आत्मदाहले आफूलाई जनप्रतिनिधि हुँ भन्न पनि लज्जाबोध भएको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले नेपाली युवाले संसद भवन अगाडि आत्मदाह गर्दा पनि सांसदमा कसैलाई चासो नभएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रेमप्रसाद आचार्यको आत्मदाह घटनालाई स्मरण गराउँदै सांसद यादवले भने– ‘जुन घटना भयो त्यो घटनाको बारेमा सोंच्दापनि हामी जनप्रनिधि हौं भन्न लज्जाबोध भएको छ । आज हामी यो संसदमा बहस गरिरहेका छौं । तर यही सदनको अगाडि एकजना नेपाली युवाले म यो देशमा गरिखान पाइन भनेर आत्मदाह गर्छ । उनको बारेमा कसैलाई चिन्ता भएन ।’