५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमप्रसादको आत्मदाहले जनप्रतिनिधि हौं भन्नसमेत लज्जाबोध भएको छः राजकिशोर यादव(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले प्रेमप्रसाद आचार्यको आत्मदाहले आफूलाई जनप्रतिनिधि हुँ भन्न पनि लज्जाबोध भएको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले नेपाली युवाले संसद भवन अगाडि आत्मदाह गर्दा पनि सांसदमा कसैलाई चासो नभएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रेमप्रसाद आचार्यको आत्मदाह घटनालाई स्मरण गराउँदै सांसद यादवले भने– ‘जुन घटना भयो त्यो घटनाको बारेमा सोंच्दापनि हामी जनप्रनिधि हौं भन्न लज्जाबोध भएको छ । आज हामी यो संसदमा बहस गरिरहेका छौं । तर यही सदनको अगाडि एकजना नेपाली युवाले म यो देशमा गरिखान पाइन भनेर आत्मदाह गर्छ । उनको बारेमा कसैलाई चिन्ता भएन ।’