१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि मन्त्रालय धाएर किसान रुँदा पनि क्षतिपूर्ति पाउन सकेनन्ः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार संसदमा बोल्दै थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका हुन् ।

‘बैंकको ऋणले थिचिएका साना किसानहरूले अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ? समिति बनाउने हो ?’ थापाले सरकारलाई प्रश्न गरे ।

सयौँको संख्यामा किसानहरू कृषि मन्त्रालय धाउने, रुने गरेपनि सरकारले बेवास्ता गरेको उनको भनाई छ ।